द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त समारोह २०२२’ सम्पन्न

काठमाडौँ - द ब्रिटिस कलेजको ‘दोस्रो दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ । यस वर्ष आयोजित दोस्रो दीक्षान्त कार्यक्रममा लिड्स बेकेक्ट युनिभर्सिटीबाट उत्तीर्ण एमएससी आइटीका विद्यार्थीहरू र द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डबाट उत्तिर्ण विद्यार्थीहरू दीक्षित भएका हुन् । सोल्टी होटेलमा आयोजना गरिएको दीक्षान्त समारोहमा विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले पानसमा दियो बालेर दीक्षान्त समारोहको उद्घाटन गरेका थिए । साथै उनले स्वागत मन्तव्य दिएका थिए । उनले भने,‘यस वर्षको पहिलो दीक्षान्त कार्यक्रममा धेरै विद्यार्थीहरु उपस्थित हुन पाएका थिएनन् । यो महत्वपुर्ण समारोहमा विभिन्न तरिकाले जोडिन म आव्हान गर्दछु । कोही लामो दुरी पार गरेर आउनु भएको छ भने कतिपयले नेपालभित्रैबाट हामीलाई सहयोग गर्नुभएको छ । भिडियो लिंकमार्फत हामीसँग जोडिन म आग्रह गर्दछु ।’
कार्यक्रममा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । औद्योगिक सल्लाहकार बोर्डका सदस्यहरु वीरेन्द्रराज पाण्डे र प्रचण्डमान श्रेष्ठ उपस्थित रहेका थिए । ब्रिटिस कलेजकी प्रिन्सिपल मेरी विसप र कलेज अफ विजनेश एण्ड लकी इन्टरनेशनल पार्टनरसिप प्रमुख प्याट्रिसिया भोइडेनले भिडियो सन्देश पठाएका थिए । त्यस्तै बिबिएबाट दीक्षित भएका निरज प्रताप शाह, एमएसई आइटीबाट दीक्षित भएका तरुण खत्रीले आफ्नो मन्तव्य राखेका थिए ।
द ब्रिटिस कलेजका एसोसियट डिन अरुण जोशीले भने, ‘विद्यार्थीहरुलाई आज यो दीक्षान्त समारोहमा देख्न पाउँदा कलेजले अध्ययन अध्यापनमा गरेको मेहनतलाई सम्झन चाहन्छु । यो सफलताले पनि देखाउँछ कि कलेजले प्रदान गर्ने शैक्षिक गुणस्तर कत्तिको उत्कृष्ट छ ।’ ठूलो परिश्रमले यो सफलता मिलेको भन्दै उनले सबै कर्मचारी, फ्याकल्टी र विद्यार्थीहरुलाई बधाई र शुभकामना दिए ।
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_0qEMQl0TvU_ligeiwenokhwgy7djpfgrqtndiegvabaykdm8q3kmtang0plzo1euvldrfou.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

प्रतिक्रिया