सानिमा बैंक र युएसएड ट्रेड एण्ड कम्पेटिटिभनेस एक्टिभिटीबीच सहकार्य

काठमाडौँ- सानिमा बैंक लिमिटेड र युएसएड ट्रेड एण्ड कम्पेटिटिभनेस एक्टिभिटीबीच विभिन्न बजार प्रतिनिधिहरूको विकास र बजारमाथिको पहुँचलाई सक्षम बनाउन बृहत तथा दिगो स्तरका कार्यक्रमहरुलाई गति दिने लक्ष्यका साथ सहकार्य पत्रमा हस्ताक्षर भएको छ ।
यस पहलले नेपाल भित्र र बाहिरका आर्थिक गतिविधिहरु मार्फत विभिन्न अवसरहरु सिर्जना गरी लक्षित बजार वर्गको क्षमता अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।
पाँच वर्ष अवधिको कार्यक्रम ‘युएसएड ट्रेड एण्ड कम्पेटिटिभनेस एक्टिभिटी’ ले नेपालको अर्थ प्रणालीमा रहेका सार्वजनिक तथा निजी क्षेत्रहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले उच्च गुणस्तर तथा निर्यात उन्मुख गराई रोजगारीका अवसर सिर्जना गर्ने, आय वृद्धि गर्ने, संस्थागत तथा क्षेत्रगत तहमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने जस्ता लक्ष्य लिएको छ ।
यस कार्यक्रमले बजारमाथिको पहुँच वृद्धि गर्न, उत्पादकत्व क्षमता वृद्धि गर्न, रोजगारी सिर्जना गर्नका साथै लगानीमैत्री वातावरण बनाउन बजार प्रतिनिधिहरूलाई प्रोत्साहन गर्ने कार्य गर्नेछ । सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले यस सहकार्यले सानिमा बैंकलाई दिगो प्रकृतिका वित्तीय उपकरण र सेवाहरूमा पहुँच बढाउन मद्दत गरी लघु, साना तथा मझौला व्यवसायमा सुदृढ सेवा प्रदान गर्ने बैंकको प्रयासलाई अझ बलियो पार्न सक्षम बनाउने जानकारी दिए ।
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_0qEMQl0TvU_ligeiwenokhwgy7djpfgrqtndiegvabaykdm8q3kmtang0plzo1euvldrfou.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

प्रतिक्रिया