सत्तारुढ एमाले सांसदद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध
काठमाडौँ : सत्तारुढ नेकपा एमालेका सांसदले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् । बैठक सुरु भएको केहीबेरमै एमाले सांसद राजीव पहारीले बोलेपछि अरु एमाले सांसदले उठेर विरोध गरेका थिए ।
पीसीआर परीक्षणको माग गर्दै उनीहरुले बैठक अवरुद्ध पारेका हुन् । सभामुख नेत्रनाथ अधिकारीले पटक पटक बस्न आग्रह गरेपनि एमाले सांसदले बस्न नमानेपछि बैठक २० मीनेटका लागि स्थगित गरेका हुन् ।
सत्तारुढ सांसदले नै उठेर विरोध जनाएपछि सभामुखले बैठक केही समय स्थगित गर्नुपरेको बताएका थिए । प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान केही दिन पर धकेल्न एमाले सांसदले पीसीआर परीक्षणको माग गर्दै बैठक अवरुद्ध पारेका हुन् ।

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

प्रतिक्रिया