पीसीआर परीक्षणकाे माग गर्दै गण्डकी प्रदेशसभा अवरुद्ध गर्ने तयारी

पोखरा : सत्तारुढ नेकपा एमालेले गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठकमा पीसीआर परीक्षणको माग गर्दै बैठक अवरुद्ध गर्ने तयारी गरेको एमालेका एक सांसदले इकागजलाई बताए ।
विशेष अधिवेशनको पहिलो बैठकमा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले पीसीआर परीक्षणको माग गर्दै बैठकको सुरुआतमै आपत्ति जनाएका थिए । पहिलो बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ ।
अविश्वास प्रस्तावमाथि हुने मतदान धकेलेर केही समय निकाल्ने र दलहरुसँग छलफल गर्ने सत्तापक्षको योजना छ । आजको बैठकमा बोल्नका लागि २५ जनाको कार्यसूची थियो । आज प्रदेशसभा बैठकको सुरुमा एमाले सांसद राजिव पहारीले बोल्ने र त्यसपछि प्रदेशसभा बैठक चल्न नदिने एमाले सांसदको गोप्य योजना छ ।
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया