जसपाले टुंग्यायो मधेस प्रदेशमा पठाउने सात समानुपातिक सांसदको नाम

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेश सभामा पठाउने सात समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले समानुपातिकतर्फ मधेस प्रदेश सभामा पठाउने सात नेताको नाम सिफारिस गरेको हाे ।
जसअनुसार मनिषकुमार सुमन (मधेसी पुरुष अल्पसंख्यक), विन्दुकुमारी यादव (मधेसी महिला), शोभा देवी (मधेसी महिला अल्पसंख्यक), ललिता दास (दलित महिला), शाहिदा खातुन (मुस्लिम महिला), किरण साह (मधेसी महिला), ममता मण्डल (आदिवासी जनजाति महिला) को नाम सिफारिस गरेको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फ सोमबारसम्म बन्दसूचीमा रहेको नाम सच्याउन समय दिएको छ ।

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

प्रतिक्रिया