नेप्से १७ अंक बढ्दा परिसूचक १९ सय अंकमाथि उक्लियो

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो कारोबारमा १७ अंकले बढेको छ। सोमबार बजार परिसूचक तीव्र उतारचढावकाबीच अन्त्यमा १६.९७ अंकले बढेको हो । अघिल्लो दिनको कारोबारमा ३२ अंकले गिरावट देखिएको नेप्से आज भने १७ अंकले बढेर १९०२.२८ मा उक्लिएको छ ।
सोमबार बजार ०.९० प्रतिशतले बढेको छ भने 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स १.५२ प्रतिशतले बढेर ३७२.९३ मा कायम छ ।
बजार बढ्दा उप-सूचकहरूमा बैंकिङ समूह ०.५८ प्रतिशते घटेको छ भने बाँकी १२ सूचकका सेयर मूल्य बढेको छ।
यस्तै बजार बढ्दा १५८ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ समूहको सेयर मूल्य घटेको छ। सोमबार १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । जसमा ४४ लाख ७० हजार ६२५ कित्ता सेयर २२ हजार ९९३ पटकमा खरिद बिक्री भएको छ।
समिट लघुवित्त वित्तिय संस्था तथा सिवाईसी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ। यस्तै नेपाल दूरसञ्चार कम्पनी, धौलागिरी लघुवित्त, आदर्श लघुवित्त, ग्रीन डेभलोमेन्ट लगायतका सेयर मूल्य बढेको छ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया