मेयर शाहीले पत्रकार ढुंगानालाई बन्धक बनाएको आरोप

कैलाली- लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले पत्रकार खेम ढुंगानालाई बन्धक बनाएको आरोप लागेको छ । कैलालीका पत्रकार ढुंगाना आइतबार रिपोर्टिङको क्रममा लम्कीचुहा पुगेका थिए । जहाँ मेयर शाहीले आफ्नो निजी निवास निर्माण गर्न नगरपालिकाका सवारी साधन प्रयोग गरिरहेको सम्बन्धी रिपोर्टिङ गर्न थालेपछि आफूलाई केही घण्टा नियन्त्रणमा लिएको पत्रकार ढुंगानाले बताए ।
नगर प्रमुख शाहीले आफूलाई नजिकैको होटेलमा लगेर मोबाइल र आफूलाई नियन्त्रणमा लिई खिचेका भिडियो र फोटो डिलिट गर्न लगाएको ढुंगानाले बताएका छन् । यता, मेयर शाहीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
समाचार संकलन गरिरहेका बेला मेयर शाहीले गरेको व्यवहारप्रति प्रेस चौतारी कैलालीले विरोध जनाएको छ । चौतारीका सचिव जनक विष्टले एक विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरि दोषीमाथि कारबाहीको माग गरेका छन् ।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया