हेटौंडाको बाइपासमा सारियो तरकारी तथा फलफूल बजार

मकवानपुर- हेटाैंडा उपमनपा-१० बसपार्कमा रहेका फलफूल तथा तरकारी व्यवसायीहरूलाई हेटाैंडा १ महादेव टाेलस्थित ३६ कट्ठा जमिनमा निर्माण गरिएको १०७ वटा स्टलमा सार्न लागिएकाे छ । आज उद्घाटन गरिएको यहाँका ७३ वटा हाेलसेल तथा ३३ वटा खुद्रा स्टलहरूको रूपमा अब यहाँबाट तरकारी तथा फलफूल खरिद बिक्री गरिनेछ ।
हेटाैंडा नगरका पूर्वप्रमुख हरिबहादुर महतकाे कार्यकालमा मिति २०७८ कात्तिक १४ गतेबाट निर्माण कार्य सुरु गरिएको उक्त स्टलहरू एक वर्षमा निर्माण सम्पन्न गरिएको हो । बजार निर्माणका लागि हालसम्म करिब ३ कराेड लागनी भइसकेकाे छ ।
उक्त क्षेत्रकाे गहिराे भूभाग उठाउनका लागि मात्र ४ हजार टिप ग्राभेल प्रयाेग भएकाे तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खड्गबहादुर मुक्तानले जानकारी दिए ।
स्टलहरूको उद्घाटन कार्यक्रममा नगर प्रमुख मिनाकुमारी लामाले हेटाैंडामा प्रदेश स्तरीय तरकारी थाेक बजार व्यवस्थापन गर्ने याेजना साकार भएकाे उल्लेख गरिन् । आगामी दिनमा मासुका लागि खसी बजार समेत यही क्षेत्रका लागि आसपासमा व्यवस्थापन गर्ने याेजना रहेकाे उनले बताइन् ।
हेटौंडाको मुख्य राजमार्ग विस्तार रोकेर बाइपास सडक निर्माण हुँदा यो बजार मुख्य हाइवेमा पर्नेछ । यो बाइपास राेड प्रयाेगमा आउँदा बजारकाे ट्राफिक समस्या समेत समाधान हुने र दुर्घटना व्यवस्थापन गर्ने लगायतमा समेत सहयोग हुने उनकाे भनाइ छ ।
त्यसैगरि कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँले दुर्व्यसनिहरूकाे भिड रहने यस स्थललाई कृषि पर्यटनसँग जाेडेर नमुना तरकारी व्यवसाय स्थल निर्माण गरेकाे बताए । स्थानीय उत्पादनलाई जाेड दिएर स्थानीय कृषकहरूकाे उत्पादनकाे बजारीकरण गर्ने, नगरपालिकाकाे दायित्वमा यस क्षेत्रकाे थप विस्तार गर्ने, हरेक व्यवसायीलाई व्यवस्थित बनाउँदै लैजाने बानियाँले उल्लेख गरे ।
हेटाैंडा उपमहानगरपालिका १ महादेव टाेल स्थितमा नेपाल फलफूल तथा तरकारी व्यापार संघकाे आयाेजनामा संघ र हेटाैंडा उपमहानगरपालिकाकाे संयुक्त लगानीमा हेटाैंडा उपमनपा-१ स्थित नयाँ निर्माण स्टलकाे उद्घाटन गरिएको हो ।

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए ए…

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

प्रतिक्रिया