के रोनाल्डोको फुटबल क्यारियर अन्त्य हुँदैछ ?
काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पराजित भएसँगै पोर्चुगलको विश्वकप यात्रा यसपाली टुंगिएको छ । मोरक्कोसँग पराजित भएपछि पोर्चुगलको मात्र विश्वकपको यात्रा टुंगिएको छैन, यससँगै पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने सपना पनि अधुरै रहेको छ ।
अझ हेर्ने हो भने ३७ वर्ष पुगिसकेका रोनाल्डोका लागि कतार विश्वकप नै अन्तिम हुने लगभग पक्का जस्तै छ । अझ आफ्नै प्रशिक्षक फर्नान्डो सान्तोषसँग विवाद गरेपछि रोनाल्डोलाई टिममा स्थान बनाउन पनि सकस परिरहेको छ ।
राष्ट्रिय टोलीमा स्थान पाउन संघर्ष गर्नुपरेका रोनाल्डो इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट पनि विवादसँगै बाहिरिएका छन् । उनका समर्थकहरू अब रोनाल्डोले कहाँबाट खेल्ने भनेर अनुमान गर्न सकिरहेका छैनन् । साथै उनको भविष्यलाई लिएर अडकलबाजी समेत सुरु भएको छ ।
विश्वकप सुरु हुनै लाग्दा युनाइटेड छाडेका रोनाल्डोले विश्वकपमा घानाविरुद्ध गोल गर्दै लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने । जसका कारण रोनाल्डोको स्टारडम विश्वकपमा पनि कायमै थियो । तर आफ्नै प्रशिक्षकसँग विवाद गरेपछि उनी पहिलो रोजाइमै पर्न सकेनन् ।
तर मोरक्कोविरुद्ध पोर्चुगलले पराजय भोगे पनि रोनाल्डोलाई ‘प्लेइङ सेट’ मा नराखेकोमा कुनै पश्चाताप नभएको प्रतिक्रिया दिएका छन् ।
पाँच पटक बालोन डी’ओर जितेका रोनाल्डोले युईएफए च्याम्पियन्स लिगमा सर्वाधिक १ सय ४० गोल गरेका छन् ।
सन् २००३ मा १८ वर्षको उमेरमा राष्ट्रिय टिमबाट डेब्यू गरेका रोनाल्डोले राष्ट्रिय टिमकै लागि १ सय १८ गोल गरेका छन् । समग्रमा रोनाल्डोले विभिन्न ३४ वटा उपाधि समेत जितेका छन् ।
उनले क्लब र राष्ट्रिय टिमका लागि समग्रमा ८१९ गोल गरेका छन् । सात वटा लिग उपाधि तथा पाँचवटा च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएका रोनाल्डो फोर्ब्सको सन् २०१६ मा सर्वाधिक कमाउने खेलाडीको सूचीमा समेत परेका थिए ।
पहिलो चरणमा सन् २००३ देखि २००९ सम्म युनाइटेडका लागि खेल्दा रोनाल्डो उत्कृष्ट लयमा रहेका थिए । त्यति बेला उनले १ सय १८ गोल गरे । सन् २०२१ देखि २०२२ सम्म पुनः खेल्दा थप २७ गोल गरे ।
सन् २००९ देखि २०१८ सम्म रियल मड्रिडका लागि खेल्दा रोनाल्डोले ४ सय ५० गोल गरे भने २०१८ देखि २०२१ सम्म युभेन्टसका लागि खेल्दा १ सय १ गोल गरे ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया