फिफा विश्वकपः पोर्चुगललाई स्तब्ध बनाउँदै मोरक्को सेमिफाइनलमा

काठमाडौँ- मोरक्कोले कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । शनिबार राति भएको क्वार्टरफाइनल खेलमा उपाधि दावेदार मानिएको पोर्चुगललाई स्तब्ध तुल्याउँदै मोरक्कोले पहिलो पटक सेमिफाइनलको यात्रा तय गरेको हो ।
मोरक्कोलाई पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुर्याउन युसेफ इन-नेसरीले निर्णायक गोल गरे । उनले ४२ औँ मिनेटमा गोल गर्दै मोरक्कोलाई जित दिलाए । मोरक्कोका वालिद छेडिराले दोस्रो हाफको इन्जुरी समयमा रातो कार्ड खाएका थिए ।
यसअघि मोरक्को सन् १९८६ मा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । मोरक्कोले छैटौं पटक विश्वकपमा सहभागिता जनाइरहेको छ ।
विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने मोरक्को पहिलो अफ्रिकी मुलुक समेत बनेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया