कोका-कोलाले कतारमा रहेका नेपाली आप्रवासी कामदारलाई विश्वकप हेर्ने मौका प्रदान गर्याे

काठमाडौँ- विश्वकप २०२२ का लागि कतारमा रंगशाला निर्माणमा काम गरेका नेपाली कामदारहरू मध्य कतारमै बसोबास गर्दै आएका ७ जना नेपाली आप्रवासी कामदारहरूलाई कोका–कोला नेपालले रंगशालामै प्रत्यक्ष रूपमा विश्वकप हेर्ने अवसर प्रदान गरेको छ ।
आफ्नो परिवारको सुख र खुसीका लागि अवसरको खोजीमा विदेशीएका नेपालीहरूको निःस्वार्थपन र अथक प्रयासको सम्मान स्वरूप कम्पनीले उक्त पहल लिएको कोका–कोला नेपालले जनाएको छ । फुटबल हेर्न रुचाउने भएकोले यसरी रंगशालामै बसेर प्रत्यक्ष रूपमा विश्वकप हेर्न पाउनु आफूहरूका लागि जीवनकै यादगार र सुनौलो अवसर भएको र यसका लागि कोका–कोला प्रति आभारी रहेको कुरा व्यक्त गरेका छन् ।
यसबारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, 'कोका–कोला धेरै वर्षदेखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहेको छ र यस वर्ष हामीले विश्वकपका लागि कतारको रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालीहरूका लागि केही गर्न चाहन्थ्यौं । वहाँहरूको कडा परिश्रम र त्याग साँच्चै प्रेरणादायी छ र हामी वहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छौं । वहाँहरूले प्रत्यक्ष खेलको रमाइलो अनुभव लिनुभयो होला भन्ने हामी आशा गर्दछौँ ।'
कोका–कोलाले यो भन्दा अगाडि पनि आफ्नो दसैंँ क्याम्पेनमा १४ जना नेपाली आप्रवासी कामदारहर"लाई कतार–नेपाल दुईतर्फी हवाई टिकटको व्यवस्था गरिदिएको थियो, जसले गर्दा उनीहरूले निकै लामो समयको अन्तरालपछि आफ्नो परिवारसँग बसेर दसैंँतिहार मनाउने अवसर पाएका थिए ।

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति, बैंक वित्तीय संस्थाले पाए ए…

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

प्रतिक्रिया