युरोपेली मापदण्डको अटोमेशन टाउन हाउजिङ्ग पहिलो पटक नेपालमा भित्रिँदै

काठमाडौँ : नेपालमा पहिलोपटक युरोपेली मापदण्डको अटोमेशन टाउन हाउजिङ्ग ‘अर्बन स्पेस’को उद्घाटन भएको छ । ललितपुरको सातदोबाटोमा मिस नेपाल २०१८– श्रृंखला खतिवडा र ‘अर्बन स्पेस’का संस्थापक बिपिन गैरैले गरेका हुन् ।
अर्बन स्पेसका संस्थापक बिपिन गैरेले भने, ‘हामी नेपालमा हाउजिङ्गको नयाँ अवधारणा प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौँ । यो एक रिभोलुसनरी आइडिया हो जुन आर्किटेक्चर र इनोभेसनमा केन्द्रित रहेको छ । यो परियोजना नेपालमा एक नौलो सुरुवात हो। हाल हामीले यो प्रोजेक्ट काठमाडौँ उपत्यकाबाट सुरु गर्दैछौँ र यो परियोजना सम्पूर्ण नेपालमा विस्तार गर्ने योजना बनाएका छाँै ।’
यसले साना-साना घरहरुको जग्गालाई जोडी ब्याकयार्डलाई हटाएर एक साझा खुल्ला स्थान बनाउने आर्कीटेक्ट इन्जिनीयर तथा मिस नेपाल २०१८ सुश्री श्रृंखला खतिवडाले भनिन् । उनले भनिन्, ‘यो हाउजिङ्गको नयाँ इनोभेटिभ र डेमोव्रmेटिक कन्सेप्ट हो । मानिसहरु पर्खालले बाँधिएका छन् र आफ्नो ठाउँ भित्र मात्र सीमित छन् तर अर्बन स्पेसमा एक व्यक्तिले आफ्नो सानो थोरै जग्गाको बाँडफाँड गरेर व्यापक साम्प्रदायिक ठाउँको आनन्द लिन सक्दछन् ।’
अर्बन स्पेसका चिफ ब्रान्डिङ अफिसर शिव कँडेलले भने, ‘अर्बन स्पेसले विशेष गरी सहरका क्षेत्रहरुमा बाउन्ड्री लेस सोसाइटीको कल्पना गर्दछ र यसैले गर्दा यो शहरी योजनाकारहरुको लागि मात्र नभई दिगो विकास लक्ष्यहरुमहरुमा गहन विश्वास गर्ने बृहत्तर दर्शकहरुको लागि पनि विश्वव्यापी अभियान हो, जसले दिगो शहर र समुदायहरुको परिकल्पना गर्दछ। अर्बन स्पेस भनेको कसरी शहरहरुको इलाकामा विशेष भरोसायोग्य छिमेकीलाई अटोमेसन टेक्नोलोजीले टेवा पु¥याउन सकिन्छ भन्ने प्रोटोटाइपको परियोजना हो ।’
अर्बन स्पेस बंगला र हाउजिङको एउटा मिश्रित हाउस हो जसमा प्रत्येक घरको लागि छुट्टै प्रवेश गर्न एन्ट्री बनाइएको कम्पनीले जानकारी दिएको छ । यस परियोजनाको अभिप्राय भनेको गेटेड समुदायलाई डिस्ट्रोइ गरी सोसियल कम्युनिटीको निर्माण र फोस्टर गर्नु हो। अर्बन स्पेसको उदेश्य भनेको सुखदशहरी जीवनको अनुभव प्रदान गर्नु हो र यो ललितपुरको मुटु (रिंग रोड देखि २०० मिटर बाहिर)मा अवस्थित छ । यस परियोजनामा १२ विशिष्ट घर रहेका छन् जसले एक अर्का बीच सद्भाव कायम राखी जीवनशैली र वातावरणमा विविधता प्रदान गर्दछन् ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया