आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

पीसीआर परीक्षण नगरिएको भन्दै गण्डकी प्रदेश सभामा सांसदको आपत्ति

पोखरा : गण्डकी प्रदेश सभामा सत्तारुढ नेकपा एमालेका सांसदले पीसीआर बिनै संसद् चलाइएको भन्दै आपत्ति जनाएका छन् । विशेष अधिवेशनको सुरुवातमै उनीहरूले उठेर विरोध जनाएका हुन् । 

नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले पीसीआर बिनै बैठक राखिएको भन्दै आपत्ति जनाए । ‘नेपाल भर कोरोना संक्रमण बढ्दो छ, यो बेलामा पीसीआर बिना संसद चलाइनु, त्यही माथि यसरी खचाखच बस्नुले कोरोना बढ्न सक्छ,’ अधिकारीले भने, ‘पीसीआर परीक्षण गरेर मात्र बैठक राखियोस् भन्दै ध्यानाकर्षण गराउन चाहन्छु ।’