अदालतले महासचिव गौतमविरुद्ध पक्राउ पुर्जी जारी गर्नुपर्छः अधिवक्ता थापा
काठमाडौं– सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् सचिवालयका महासचिव भरतराज गौतमविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गर्नुपर्ने बताएका छन् ।
निलम्बित प्रधानन्यायाधीशमाथिको महाअभियोग निष्प्रभावी भएको भन्दै महासचिव गौतमले जारी गरेको पत्रले सर्वोच्च र संसद्को मानहानी गरेकाले उनीविरुद्ध पक्राउ पुर्जी जारी हुनुपर्ने अधिवक्ता थापाले जिकिर गरे ।
अनेकन अभियोगमा महाअभियोग खेपिरहेको एउटा व्यक्तिलाई संसद्को एउटा सामान्य कर्मचारीले त्यसरी सफाइ दिन नमिल्ने भनाइ अभिवक्ता थापाको छ । महाअभियोगको छिनोफानो गर्ने अधिकार संसद्लाई मात्र रहेको पनि उनले बताए ।
‘गौतमज्यूले जुन पत्र लेख्नुभयो त्यो सामान्य पत्र होइन । यस्तो पत्र लेख्ने अधिकार उहाँलाई छैन,’ इकागजसँग उनले भने, ‘यदि छ भने संविधानको कुन धाराको प्रयोग गरेर उहाँले त्यस्तो गर्नुभयो ? संविधानको कुन धारामा टेकेर सफाइ दिइयो ? यी तमाम प्रश्नको उत्तर महासचिवज्यूले दिनुपर्छ ।’
गौतमले गरेको काम क्षम्य दिन लायकको नभएको पनि थापाको भनाइ छ । महासचिवले सिंगो संविधानलाई नै क्षतविक्षत गरेको उनले आरोप लगाए । ‘संविधानलाई नै
क्षतविक्षत गरेको अभियोगमा उनीमाथि राजद्रोहकै मुद्दा हाल्नुपर्छ,’ उनले अगाडि भने, ‘मैले जे गरे पनि हुन्छ, मलाई कसैले केही गर्न सक्दैन भन्ने मानसिकता उनमा देखियो । संविधान, संसद् र सर्वोच्चलाई मजाक बनाउने जोकोहीलाई छुट दिन सकिँदैन ।’
महासचिव गौतमले उक्त असंवैधानिक पत्र प्रधानन्यायाधीश शमशेरकै इन्ट्रेस्टमा आएको उनको आशंका छ । ‘नत्र गौतमज्यूले मैले कसैको प्रभावमा आएर यो गरेको हुँ भनेर नै भन्दैन्थे नि । प्रधानन्यायाधीशनले बढो धूर्तताका साथ यो सबै गरेका हुन् । यति मात्र होइन, उनले जे पनि गर्न सक्छन्,’ थापाले भने ।
संसद् सचिवालयका महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीश माथिको महाअभियोग निष्प्रभावी भएको भन्दै बुधबार पत्र जारी गरेका थिए । उक्त पत्रलाई लिएर दिनभर सर्वोच्च अदालत परिसर तनावपूर्ण बन्यो ।

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

प्रतिक्रिया