सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने

कैलाली- धनगढीमा यही मंसिर २२ गतेदेखि पौष २ गतेसम्म आयोजना हुन लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छ्न् ।
आज आयोजित पत्रकार सम्मेलनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताउँदै महोत्सवको उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने जानकारी दिएका हुन् ।
'समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि' भन्ने मुल नाराका साथ विगत २०६३ सालदेखि आयोजना हुँदै आएको महोत्सवको लगानी दुई करोडको रहने बताउँदै अध्यक्ष कुंवरले महोत्सवबाट व्यवसायीले ५ देखि ७ करोडको कारोबार गर्ने उल्लेख गरे ।
धनगढी उपमहानगरपालीका–१ पशुपति टोलमा लाग्ने महोत्सवमा सुदूरपश्चिमका स्थानीयदेखि राष्ट्रिय कलाकारहरूको उपस्थिति रहने संघका अध्यक्ष कुँवरले बताए ।

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

प्रतिक्रिया