गण्डकीमा ४ कोभिड-१९ सक्रमितको मृत्यु

पोखरा : गण्डकी प्रदेशमा थप ४ जनको कोभिड-१९ सक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीकाअनुसार मृत्यु हुनेमा कास्कीका २ तथा स्याङ्जा र म्याग्दीका १/१ जना छन् ।
कास्कीको पोखरा महानगरपालिका २५ का ९१ वर्षीय कोरोना संक्रमितको आज बिहान करिब ६ बजे मेडिप्लस अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ । उनमा वैशाख ७ गते कोरोना देखिएको थियो । उनी कोभिड-१९ सँगै पल्मुनरी अरेस्टबाट ग्रस्त थिए ।
पोखरा १ का ५५ वर्षीया महिला संक्रमितको पनि उपचारकै क्रममा ज्यान गएको छ । आज मध्यान्हमा उनको मेडिप्लस अस्पतालमा ज्यान गएको हो । वैशाख ११ गते संक्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या थियो ।
स्याङ्जा वालिङ नगरपालिका १२ का ५८ वर्षीय संक्रमित पुरुषको आज लुम्बिनी मेडिकल अस्पतालमा ज्यान गएको छ । उनमा वैशाख ११ गते संक्रमण देखिएको थियो । वैशाख १२ गते संक्रमण पुष्टि भएका म्याग्दी रघुंगगा गाउँपालिका ३ का ७८ वर्षीय संक्रमितको पोखरामा उपचारका क्रममा ज्यान गएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीमा संक्रमणका कारण मृत्यु हुनेको संख्या २१५ पुगेको छ ।

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

प्रतिक्रिया