फिफा विश्वकपः अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

काठमाडौँ- अमेरिकालाई पराजित गर्दै नेदरल्यान्ड्सले कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
शनिबार राति भएको अन्तिम १६ को खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ गोलअन्तरले पराजित गर्यो ।
नेदरल्यान्ड्सलाई जित दिलाउन मेमफिस डिपे, डिले ब्लाइन्ड र डेन्जल डमफ्रिजले एक-एक गोल गरे । अमेरिकाका लागि हाजी राइटले एक गोल फर्काए ।
मेमफिसले १० औँ मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाउँदा ब्लाइन्डले पहिलो हाफको इन्जुरी समयमा अग्रता दोब्बर बनाए ।
अमेरिकाका राइटले ७६ औँ मिनेटमा गोल गर्दै गोल अन्तर कम गरेपनि डेन्जलले नेदरल्यान्ड्सका लागि ८१ औँ मिनेटमा गोल गरे ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया