चुनावपछि रोजगारी खोज्दै भारत जाने बढे

जुम्ला- प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अन्तिम चरणमा छ । मतगणना सकिएर राजनीतिक दलबीच नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेका बेलामा यहाँका युवाहरू भने रोजगारीको खोजीमा भारत जान थालेका छन् ।
चुनावको रौनक सकिएसँगै सिङ्जा क्षेत्रका गाउँमा पुरुषको सङ्ख्या घट्न थालेको सिङ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको भनाइ छ ।
'स्थानीय स्तरमा रोजगारीको अवसर छैन,' उनले भने, 'गाउँबाट अध्ययन र रोजगारीका लागि भारत जानेको सङ्ख्या बढेसँगै गाउँमा पुरुषको सङ्ख्या पातलिन थालेको हो ।' हिउँदेयाम लागेसँगै घरखर्च जुटाउन यहाँका युवाहरू भारत जान बाध्य भएको उनको भनाइ छ ।
यहाँका प्रायजसो युवादेखि वृद्धसम्मका धेरै जसो व्यक्तिहरू रोजगारीको खोजीमा भारत जाने गरेको तिला गाउँपालिका–१ का स्थानीयवासी विशल बुढाको भनाइ छ ।
स्थानीय स्तरमा रोजगारी नपाइने र कृषि पेसाका लागि हिउँदे याममा बढी जाडो हुने भएकोले मङ्सिरदेखि फागुन महिनासम्म भारतका विभिन्न स्थानमा व्यापार गर्नेदेखि काम गर्नेहरू बढी हुने यहाँका स्थानीयवासी बताउँछन् ।
रोजगारीका लागि ठूला सहर तथा भारततिर गएका युवा खेतिपातीको सिजन सुरु भएपछि मात्रै जुम्ला फर्कने गर्दछन् । जुम्लाबाट रोजगारीको खोजीमा विशेष गरी भारतको उत्तराञ्चल, हिमाञ्चल लगायतका क्षेत्रमा जाने गरेका छन् ।

मनसुन प्रतिकार्य कमाण्डको बैठक : सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगा…

६० किलो सुन तस्करी प्रकरण : अमला रोका फेरि पक्राउ
प्रदेश अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया