फिफा विश्वकपः पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया अन्तिम १६ मा, घाना बाहिरियो

काठमाडौँ- दक्षिण कोरियाले कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । समूह 'एच' अन्तर्गतको अन्तिम खेलमा पोर्चुगललाई २-१ ले पराजित गर्दै दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेको हो ।
दक्षिण कोरियालाई जित दिलाउन किम योङ-गोन र ह्वाङ हि-चानले एक-एक गोल गरे ।
रिकार्डो होर्जाले ५ औँ मिनेटमा पोर्चुगललाई अग्रता दिलाएपनि दक्षिण कोरियाका किम योङ-गोनले २७ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरी अवस्थामा पुर्याए । ह्वाङले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै दक्षिण कोरियालाई नकआउटमा पुर्याए ।
जितसँगै कोरियाले ३ खेलबाट ४ अंक जोड्दै समूहको उपविजेता बन्यो । यता ६ अंक जोडेको पोर्चुगल भने विजेताको रुपमा अघिल्लो चरणमा पुग्यो ।
अर्कोतर्फ उरुग्वेले घानालाई २-० ले पराजित गरेर ४ अंक जोडेपनि दक्षिण कोरिया भन्दा पछि पर्यो । उरुग्वेलाई जित दिलाउन जियोर्जियन डी अरास्केटाले दुबै गोल गरे । जियोर्जियनले २६ औँ तथा ३२ औँ मिनेटमा गोल गरेका थिए ।
घानाका एन्ड्रे अवेले २१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्न सकेनन् । उरुग्वेका रोचेटले घानाका कुदुसलाई पेनाल्टी एरियाभित्र लडाएपछि घानाले पेनाल्टी पाएको थियो ।
४ अंक जोडेको उरुग्वेसँगै पराजयपछि जम्मा ३ अंक जोडेको घाना प्रतियोगिताबाट बाहिरियो ।
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

प्रतिक्रिया