सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघकाे अध्यक्षमा स्वार विजयी

कैलाली- सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको १६ औ वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनबाट लक्ष्मणकुमार स्वार विजयी भएका छन् ।
आगामी ३ वर्षे कार्यकालका लागि भएको निर्वाचनमा स्वारले आफ्ना प्रतिपक्षी हरिप्रसाद भट्टलाई १०९ मतले पराजित गरेका छन् । स्वारले २१५ मत ल्याउँदा भट्टले १०६ मत मात्रै प्राप्त गरे ।
यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार कपाडी विजयी भएका छन् । कपाडीले गंगाबहादुर शाहलाई पराजित गरेका छन् । कपाडीले १९२ मत प्राप्त गर्दा शाहले १२० मत मात्रै प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा लक्ष्मणबहादुर साउद २३२ र मदन मोहन बिष्ट १२१ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षका प्रत्यासीद्वय रघुबिर सिंह साउदले ११२ र रमेश सिंह खडायतले ८६ मत मात्रै प्राप्त गरेका थिए ।
त्यस्तै संघको महासचिवमा खेमराज जोशी २०२ मत प्राप्त गरि विजयी भएका छन् । महासचिवका प्रत्यासी चन्द्रबहादुर शाहले ११२ मत मात्रै प्राप्त गरे ।
यसैगरी नीतिगत उप-महासचिवमा आङदावा शेर्पा विजयी भएका छन् । शेर्पाले २०२ मत प्राप्त गर्दा यज्ञराज जोशीले ११५ मत मात्रै ल्याएका छन् ।
संघको आन्तरिक उप-महासचिवमा राजेश गिरि विजयी भएका छन् । गिरिले दर्शनबहादुर खड्कालाई ५३ मतले पराजित गरेका छन् । गिरिले १८२ मत ल्याउँदा खड्काले १२९ मत मात्रै ल्याएका छन् ।
यसैगरी, सदस्यहरूमा ललितबहादुर बोहरा (२२१), शुनिल कुवंर (१९०), केशव राज भट्ट (१८९), पदम बहादुर भण्डारी (१७७) र आशिषकुमार खत्री (१६६) मतका साथ विजयी भएका छन् ।
यसअघि संघको साधारणसभाबाट ८ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा कोषाध्यक्षमा निर्मलकुमार देउवा र सह-कोषाध्यक्षमा गणेशबहादुर खड्का रहेका छन् । त्यस्तै, महिला सदस्यद्वय बिमला देवी श्रेष्ठ र शक्ति पन्त समेत निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, निर्विरोध निर्वाचित हुने सदस्यहरू माधवप्रसाद चौधरी, दाउत तामङ, तुलाबहादुर राना र गोरे सिंह ऎर रहेको मुख्य निर्वाचन अधिकृत वीरबहादुर जेठाराले बताए ।
संघको ३४३ सदस्य मध्ये ३२६ जनाले मतदान गरेका थिए ।

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया