अब काठमाडौंमा राति १२ बजेसम्म रेष्टुरेन्ट खोल्न पाइने

काठमाडौं- काठमाडौं जिल्लामा मध्यराति १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ । मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौंमा मध्यराति १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
रात्रिकालीन व्यवसाय सञ्चालनको समय अवधिसम्बन्धी नयाँ निर्णय गरेको हो । बिहीबार जिल्ला प्रशासनले सो निर्णयबारे जानकारी गराएको छ ।
निर्णयअनुसार मदिरा पसलहरू राति १० बजेसम्म, रेष्टुरेन्टहरू राति १२ बजेसम्म, डान्स बार, दोहोरी रेष्टुरेन्ट र लाउन्ज बार बिहान २ बजेसम्म र डिस्को तथा क्लब बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
रात्रिकालीन व्यवसायलाई थप व्यवस्थित गर्ने उद्देश्यले यो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । अहिले धेरै ठाउँमा प्रहरीले बेलुका ९–१० बजे नै रेष्टुरेन्ट बन्द गराउँदै आएको छ ।

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्रतिक्रिया