पहिलो पटक महिलाले विश्वकपमा मुख्य रेफ्रीको भूमिका निर्वाह गर्दै

काठमाडौँ- पुरुषको फिफा विश्वकप फुटबल अन्तर्गत पहिलो पटक महिला रेफ्रीहरुले कुनै पनि खेलमा रेफ्रीको भूमिका निर्वाह गर्ने भएका छन् । बिहीबार हुने जर्मनी र कोस्टा रिकाबीचको खेलका रेफ्रीहरु सबै महिला हुने बीबीसीले जनाएको छ ।
स्टेफानी फ्रापार्ट पुरुषको विश्वकप खेल संचालन गर्ने पहिलो महिला बन्ने छिन् । फ्रान्सेली महिला रेफ्री स्टेफानी मंगलबार भएको मेक्सिको र पोल्यान्डबीचको खेलका क्रममा 'फोर्थ अफिसियल' अर्थात रेफ्रीको भूमिकामा रहेकी थिइन् ।
समूह 'ई' अन्तर्गतको जर्मनी र कोस्टा रिकाबीचको खेलका क्रममा स्टेफानी मुख्य रेफ्री हुँदा ब्राजिलकी नेउजा ब्याक तथा मेक्सिकोकी कारेन डियाज मेडिना सहायक रेफ्री हुनेछिन् ।
कतारमा जारी विश्वकप संचालनका लागि ३६ जना मुख्य रेफ्रीहरुमा स्टेफानीसँगै रुवान्डाकी सालिमा मुकानसाङगा तथा जापानकि योसिमी यामासिता पनि छनोट भएकी हुन् ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया