सेयर बजार ३ अंकले घट्यो, कारोबार रकम ८४ करोड

काठमाडौँ – साताको चौथो कारोबारमा सेयर बजार सामान्य अंकले घटेको छ। तीव्र उतारचढावकाबीच सेयर बजार परिसूचक ३.५१ अंकले गिरावट आएको हो । अघिल्लो दिनको कारोबारमा बजार परिसूचक ३ अंकले बढेको थियो।
बजार घट्दा समग्र बजार परिसूचक १९४९.८५ मा झरेको छ। यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ०.२२ प्रतिशतले घटेर ३८१.८४ मा झरेको छ ।
उप-समूहतर्फ माइक्रो फाइनान्स समूह तथा व्यापार समूह सामान्य बढेका छन् भने बाँकी ११ समूह घटेको छ ।
यस्तै परिसूचक घट्दा कारोबार रकममा पनि गिरावट देखिएको छ । अघिल्लो दिनको कारोबारमा ९५ करोडको कारोबार भएको बजारमा बुधबार ८४ करोडमा झरेको छ । आज ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । २३ लाख ५५ हजार ८४५ कित्ता सेयर १५ हजार ६९१ पटकमा खरिद बिक्री भएको थियो।
बुधबार उच्च कमाउनेमा ग्रीन लाइफ हाइड्रो, खप्तड लघुवित्त, रुरु जलविद्युत परियोजना, बुद्ध भूमी नेपाल हाइड्रो, स्वेत गंगा हाइड्रो लगायतका कम्पनी रहेका छन् ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया