समूह 'डी' मा अस्ट्रेलिया, डेनमार्क र ट्यूनिसियामध्ये कसले बाजी मार्ला ?

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह 'डी' को अन्तिम चरणको बाँकी दुई खेल आज राति हुँदैछ । यस समूहमा फ्रान्सले ट्यूनिसिया तथा अस्ट्रेलियाले डेनमार्कको समाना गर्दैछ । समूह 'डी' का बाँकी दुबै खेल नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।
यस समूहमा लगातार दुई खेल जित्दै डिफेन्डिङ च्याम्पियन फ्रान्स अन्तिम १६ मा प्रवेश गरिसकेको छ र उसले ट्यूनिसियालाई पराजित गरे समूह विजेता बन्ने छ । फ्रान्सले बराबरी खेलेपनि समूह विजेता बन्नेछ ।
जबकी ट्यूनिसियाले एक खेलमा बराबरी खेल्दा एक खेलमा पराजय भोगेको छ । नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम राख्न ट्यूनिसियाले फ्रान्सलाई पराजित गर्नुपर्नेछ ।
त्यसैगरी, एक खेलमा जित हात पारेको तथा एक खेलमा बराबरी खेलेको अस्ट्रेलिया तथा एक खेलमा बराबरी खेलेको र एक खेलमा पराजय भोगेको डेनमार्कबीचको खेलमा अस्ट्रेलियाले जित हात पारे अस्ट्रेलिया अन्तिम १६ मा प्रवेश गर्नेछ । जबकी डेनमार्कले जित हात पारे फ्रान्स र ट्यूनिसियाबीच हुने खेलको नतिजा कुर्नुपर्नेछ ।
अस्ट्रेलिया र डेनमार्कबीचको खेल बराबरी भए अर्को खेलको नतिजा कुर्नुपर्नेछ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया