फिफा विश्वकपः नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह 'ए' बाट नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा प्रवेश गरेका छन् । नेदरल्यान्ड्स समूह विजेता तथा सेनेगल उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका हुन् ।
समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले कतारलाई २-० गोलअन्तरले पराजित गर्यो । त्यसैगरी, सेनेगलले इक्वेडरलाई २-१ गोलअन्तरले पाखा लगायो ।
नेदरल्यान्ड्सलाई तेस्रो जित दिलाउन कोडी गाक्पो र फ्रेन्की डी जोङले एक-एक गोल गरे । कोडीले २६ औँ तथा फ्रेन्कीले ४९ औँ मिनेटमा गोल गरे ।
यता सेनेगललाई जित दिलाउन इस्माइला सार र कालिडोउ कोलीबेलीले एक-एक गोल गरे । सारले ४४ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा कालिडोउले ७० औँ मिनेटमा अर्को टिमको दोस्रो गोल गरे । इक्वेडरका लागि एकमात्र गोल मोइसेस कासेडोले ६७ औँ मिनेटमा गरे ।
यससँगै नेदरल्यान्ड्सले समूह चरणका तीनमध्ये २ खेलमा जित तथा १ खेलमा बराबरीसहित ७ अंक जोड्यो । यता २ खेलमा जित तथा एक खेलमा पराजय भोगेको सेनेगलले ६ अंक जोड्यो ।
तीनवटै खेलमा पराजय भोगेको आयोजक कतार तथा एक जित, एक हार र एक बराबरीसहित ४ अंक जोडेको इक्वेडर प्रतियोगिताबाट बाहिरिएका छन् ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया