पोखरा विमानस्थलको क्यालिब्रेसन फ्लाईट सकियो

पोखरा- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरूको क्षमता परीक्षणका लागि गरिएको क्यालिब्रेसन उडान (फ्लाईट) सकिएको छ ।
५ मंसिर (२१ नोभेम्बर)देखि सुरु भएको फ्लाईट सोमबार सकिएको हो । एक सातासम्म भएको फ्लाईटपछि एरो थाई कम्पनीले ३ साताभित्र प्रतिवेदन बुझाउनेछ । थाइल्याण्डबाट यहाँ आएको विमानको क्यालिब्रेसनको बखत विभिन्न यान्त्रिक परीक्षण सफलतापूर्वक पूरा गरिएको विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए । कम्पनीले प्रतिवेदन बुझाएपछि मात्र नयाँ विमानस्थलमा परीक्षण उडान हुन्छ । र, परीक्षण उडान समेत सफल भएपछि व्यावसायिक उडान सुरु हुनेछन् ।
विमानस्थलमा अंग्रेजी नयाँ वर्ष पुस १७ अर्थात् जनवरी १ देखि औपचारिक उडान गर्ने लक्ष्य छ ।
क्यालिब्रेसन फ्लाईटका लागि एरो थाईको जहाज र प्राविधिकहरू शनिबार नै पोखरा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको थियो । यसका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गरेको जहाज पोखरा ल्याइएको विमानस्थल प्रवक्ता जोशीले जानकारी दिए ।
नेपालका करिब दुई दर्जन राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक हो । सन् २०२१ जुलाई १० सम्म निर्धारित समय तोकिएकोमा ६ महिनाअघि नै सञ्चालन हुने गरी तीव्र भए पनि कोरोनाले निर्माण प्रभावित बनेको थियो । चिनियाँ कम्पनी सिएएमसी इञ्जिनियरिङले सन् २०१७ नोभेम्बरदेखि काम थालेको थियो ।
विमानस्थलको रन–वे २ हजार ५ सय मिटरको छ । नेपालले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण थालिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प रूपमा हेरिएको छ ।
बुद्ध एअयरको पहिलो उडान तयारी
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने मिति तय गरेसँगै निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले सो विमानस्थलबाट छिमेकी देश भारतमा उडान सुरु गर्ने तयारी गरेको छ । एयरले यस अघि नै विज्ञप्ति मार्फत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली र देहरादुनमा उडान भर्ने जानकारी दिएको हो ।
विज्ञप्तिमा लेखिएको छ, ‘जनवरी २०२३ देखि अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल तयार हुने जानकारी प्राप्त भएको छ । त्यहाँबाट हुने प्रथम अन्तर्राष्ट्रिय उडानको रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा हप्तामा तीन दिन उडान सुरु गर्ने योजना प्रस्तुत गर्न पाउँदा गौरवान्वित महसुस गरेका छौँ ।’ बुद्ध एयरले पोखराबाट सातामा तीन दिन आइतबार, मंगलबार र बिहीबार उडान गर्ने जानकारी दिएको हो ।
यस्तै, एयर ट्राफिक सर्भिस (एटिएस) रुटका लागि नेपाल सरकारले भारतसँग पहल गरिरहेको छ । भारतबाट रुट र स्लट स्वीकृति प्राप्त हुना साथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन दुई उडान र पोखरा–देहरादुन–पोखरा हप्तामा तीन उडानका लागि प्रक्रिया यथाशीघ्र अगाडि बढाउने बुद्धले जनाएको छ । बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बनारसमा नियमित उडान गर्दै आइरहेको छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया