नेप्से सामान्य अंकले बढ्दा ९५ करोडको कारोबार

काठमाडौं - साताको तेस्रो दिन सेयर बजार सामान्य अंकले बढेका छ । मंगलबार, नेप्से परिसूचक २.९९ अंकले बढेर १९५३.५५ अंक विन्दुमा उक्लिएको छ । सामान्य अंकले बजार बढ्दा आज ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। यस्तै २५ लाख ८९ हजारको कित्ता सेयर ९५ करोड ७० लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, १२० वटा कम्पनीको सेयर मूल्य बढ्दा ६७ वटा कम्पनीको घटेको छ ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ।
त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ९ करोड ७२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यसैगरि, नबिल बैंकको ४ करोड ३१ लाख, शिवम् सिमेन्ट्सको ४ करोड २२ लाख, नेष्डो समृद्विको ३ करोड १८ लाख र एनसीसी बैंकको २ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया