फिफा विश्वकपः समूह 'ए' मा कुन टिम बलियो ?

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह 'ए' को अन्तिम चरणका खेलहरु आज हुँदैछन् । आजै हुने खेलले समूह 'ए' बाट नकआउटमा पुग्ने दुई टोलीको टुंगो लगाउनेछ ।
समूह 'ए' अन्तर्गत इक्वेडरले र सेनेगल तथा नेदरल्यान्ड्सले कतारको सामना गर्दैछ । यी दुबै खेल नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।
समूह 'ए' मा समान दुई खेलबाट ४-४ अंक जोड्दै नेदरल्यान्ड्स र इक्वेडर शीर्ष दुई स्थानमा छन् । यता ३ अंक जोडेको सेनेगल तेस्रो स्थानमा छ । अघिल्ला दुबै खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको आयोजक कतार भने पुछारमा छ ।
अहिलेको अवस्थामा सेनेगल र इक्वेडरबीच हुने खेलको विजेता टोली अन्तिम १६ पुग्ने छ । खेल बराबरीमा टुंगिए दुबै टोलीको नकआउटमा पुग्ने सम्भावना रहन्छ तर नेदरल्यान्ड्सले कतारविरुद्ध पराजय भोग्नुपर्नेछ ।
यदि नेदरल्यान्ड्सले कतारलाई पराजित गरे नेदरल्यान्ड्स अघिल्लो चरणमा स्थान बनाउने छ । यदि नेदरल्यान्ड्स र कतारबीचको खेल बराबरीमा टुंगिएपनि अर्को खेलको नतिजाले अघिल्लो चरणमा प्रवेश गर्ने टिमको टुंगो लाग्नेछ ।
अघिल्ला दुई खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २-० ले पराजित गर्दा इक्वेडरसँग १-१ को बराबरी खेलेको थियो । यता कतारले भने पहिलो खेल इक्वेडरसँग २-० ले हारेको थियो भने दोस्रो खेलमा सेनेगलसँग ३-१ को पराजय भोगेको थियो ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया