फिफा विश्वकपः समूह 'ए' र 'बी' बाट नकआउटमा पुग्ने टोलीको टुंगो लाग्दै

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको समूह 'ए' र 'बी' बाट नकआउटमा पुग्ने टोलीको आज टुंगो लाग्दैछ ।
समूह 'ए' अन्तर्गत इक्वेडरले सेनेगल तथा नेदरल्यान्ड्सले कतारको सामना गर्दा अन्तिम १६ मा पुग्ने दुई टिमको टुंगो लाग्नेछ । यी दुबै खेल नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।
समूह 'ए' मा समान दुई खेलबाट ४-४ अंक जोड्दै नेदरल्यान्ड्स र इक्वेडर शीर्ष दुई स्थानमा छन् । यता ३ अंक जोडेको सेनेगल तेस्रो स्थानमा छ । अघिल्ला दुबै खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको आयोजक कतार भने पुछारमा छ ।
त्यसैगरी, समूह 'बी' मा रहेका इंग्ल्यान्डले वेल्स तथा इरानले अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ । यी दुबै खेल नेपाली समय अनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ ।
यस समूहमा दुई खेलबाट ४ अंक जोड्दै इंग्ल्यान्ड शीर्ष, ३ अंक जोडेको इरान दोस्रो, २ अंकसहित अमेरिका तेस्रो तथा १ अंक जोडेको वेल्स चौथों स्थानमा छन् । यस समूहबाट चारवटै टिमको नकआउटमा प्रवेश गर्ने सम्भावना कायमै रहेको छ ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया