फिफा विश्वकपः ब्राजिल नकआउट चरणमा

काठमाडौँ- ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । समूह 'जी' मा लगातार दोस्रो खेल जित्दै ब्राजिलले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।
लगातार दोस्रो खेल जित्न ब्राजिलले स्विटजरल्यान्डलाई १-० गोलअन्तरले पराजित गर्यो । यसअघि पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० ले हराएको थियो ।
स्विटजरल्यान्डले भने पहिलो खेलमा क्यामरुनलाई १-० ले पराजित गरेको थियो । सोमबार राति नै भएको अर्को खेलमा क्यामरुन र सर्बियाले ३-३ गोलको बराबरी खेलेपछि ब्राजिल एक खेल अगाबै नकआउट चरणमा पुगेको हो ।
ब्राजिललाई नकआउटमा पुर्याउन कासेमिरोले ८३ औँ मिनेटमा गरेको एकमात्र गोल पर्याप्त रह्यो ।
ब्राजिलले समूह चरणको अन्तिम खेल क्यामरुन तथा स्विटजरल्यान्डले अन्तिम खेल सर्बियाविरुद्ध खेल्नेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया