पहिलो मौद्रिक समीक्षापछि सेयर बजार १६ अंकको गिरावट

काठमाडौँ- सोमबार सेयर बजार परिसूचक १६ अंकले घटेको छ। साताको दोस्रो कारोबारमा सेयर बजार परिसूचक १५.६१ अंकले घटेको हो ।
सोमबार बजार परिसूचक ०.७९ अंकले घटेर १९५०.३७ मा झरेको छ । यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ०.९५ प्रतिशत घटेर ३८२.६१ मा ओर्लिएको छ।
यस्तै उप-समूहतर्फ म्युचुअल फण्ड तथा व्यापार समूह बढ्दा बाँकी समूह घटेको छ ।
सोमबार २३६ कम्पनीको १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६१३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। जसमा २४ हजार ९५१ कारोबारमा ३५ लाख ६१ हजार २९९ कित्ता सेयर खरिद बिक्री भएको छ।
त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १६ करोड ४६ लाख रुपैयाँ माथिको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ७ करोड २४ लाख, शिवम् सिमेन्ट्सको ६ करोड १६ लाख, एभरेष्ट बैंकको ५ करोड ९८ लाख र साइन रेसुंगाको ५ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया