सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

१२ कार्यक्रमहरू सहित सिभिल बैंकले १२औँ वार्षिकोत्सव कार्यक्रम

फाइल तस्वीर

काठमाडौंँ - सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरूको आयोजना गरीे आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने निती अनुरुप सिभिल बैंकले सफा टेम्पुहरूको भाडा क्यू आर कोड मार्फत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता प्रदान गरेको छ । जसमध्ये जावलाखेलको ‘गो क्यासलेस’ अभियानको उद्घाटन समारोह बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको दिनमा गरेको छ । वार्षिकोत्सवको लगत्तै पछि नेपालगन्ज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी कूल ६ स्थानहरूका ट्याम्पुहरूमा क्यू आर कोड मार्फत भाडा भुक्तानीको थालनी गरिने कुरा बैंकले जनाएको छ ।


जावलाखेलको ‘गो क्यासलेस’ अभियानको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त अभियानको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै उनले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्धिको पथमा डोर्याउने बताएका थिए ।

नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगद रहित अभियान अपरिहार्य कुरा भएको नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए ।

उक्त समारोहमा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे, संचालकहरू अम्बीर बोगटी, प्रकाश तायल, युगेश बहादुर मल्ल, शम्भू प्रसाद पन्त, प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, विभिन्न टेम्पू यातायात व्यवसायी संघका प्रतिनिधिहरू, फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा तथा टेम्पू व्यवसायीहरू तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

त्यस्तै, बैंकले जावलाखेल शाखामा प्रायोरिटी बैंकिङ सेवाको उद्घाटन, याङ्वरक शाखामा एटिएम सेवाप्रारम्भ, देशभरीका ३६ स्थानमा रक्तदान कार्यक्रम, जेहन्दार छात्रालाई छात्रवृतिकार्यक्रमहरू र वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू सम्पन्न गरेको छ । त्यस्तै कार्तिक नाँचलाई आर्थिक सहयोग, नेपालबाल संगठनलाई आर्थिक सहयोग, निःसहाय सहयोग परिषदलाई आर्थिक सहयोग, राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग, अपाङ्गता संरक्षण नेपाललाई आर्थिक सहयोग र बेगनाशतालमा लाईफ ज्याकेट हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले ९५.२३ अर्व निक्षेप संकलन गरी करिब ८७.४० अर्ब ऋण लगानी गरेको सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा ५ वर्ष र १० वर्षदेखि अनवरत सेवा प्रदान गरेका बैंकका कर्मचारीहरूलाई अभिनन्दन गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा ४१.५१ करोड खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल ११५ शाखा तथा १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…