फिफा विश्वकपः साविक विजेता फ्रान्स अन्तिम १६ मा

काठमाडौँ- साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । समूह 'डी' अन्तर्गत लगातार दुई खेल जित्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।
दोस्रो खेलमा जित हात पार्न फ्रान्सले डेनमार्कलाई २-१ ले पराजित गर्यो । यस अघि फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई ४-१ ले पराजित गरेको थियो ।
दोस्रो खेलमा जित दिलाउन फ्रान्सका लागि कायलियन एमबाप्पेले दुबै गोल गरे । एमबाप्पेले ६१ औँ र ८६ औँ मिनेटमा गोल गरे । डेनमार्कका लागि एकमात्र गोल एन्ड्रियास क्रिस्टेनसेनले ६८ औँ मिनेटमा गरे ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया