समानुपातिकतर्फ एमालेले झण्डै १४ लाख पुर्याउँदा कसको कति मत ?

काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । आज साँझ ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रबिष्ट तथ्याङ्कअनुसार एमालेले १३ लाख ९५ हजार चार सय सात मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले १३ लाख २७ हजार छ सय १३, राष्ट्रिय स्वतन्त्र पार्टीले छ लाख ४१ हजार दुई सय २८, नेकपा (माओवादी केन्द्र) ले पाँच लाख ९८ हजार नौ सय ३०, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २७ हजार चार सय ८३, नेपाल मजदुर किसान पार्टीले ५८ हजार छ सय ६९, जनता समाजवादी पार्टी नेपालले एक लाख ५९ हजार सात, जनमत पार्टीले एक लाख तीन हजार छ सय ६१, नागरिक उन्मुक्ति पार्टीले एक लाख पाँच हजार तीन सय ८६ र नेकपा (एकीकृत समाजवादी) पार्टीले एक लाख नौ हजार छ सय ७७ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ६८ हजार दुई सय ५३ मत प्राप्त गरेका छन् ।
प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले दुई लाख ६४ हजार दुई सय ७२, कांग्रेसले दुई लाख ३७ हजार आठ सय ८२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८८ हजार चार सय ३९, माओवादी केन्द्रले ७५ हजार ४३ र जनता समाजवादी पार्टी, नेपालले ३६ हजार ६८ मत प्राप्त गरेका छन् ।
मधेस प्रदेशमा कांग्रेसले एक लाख ६० हजार १५, एमालेले ८१ हजार ६४, जनता समाजवादी पार्टी नेपालले ७० हजार सात सय २६, जनमत पार्टीले ५३ हजार १६ र माओवादी केन्द्रले २८ हजार पाँच सय ४२ मत प्राप्त गरेका छन् ।
बागमती प्रदेशमा एमालेले दुई लाख २० हजार चार सय २१, कांग्रेसले एक लाख ९७ हजार एक सय १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख २७ हजार एक सय २९, माओवादी केन्द्रले ९५ हजार सात सय आठ र नेपाल मजदुर किसान पार्टीले ५८ हजार पाँच सय ७८ मत प्राप्त गरेका छन् ।
गण्डकीमा एमालेले दुई लाख ४७ हजार छ सय १५, कांग्रेसले दुई लाख २१ हजार दुई सय, माओवादी केन्द्रले ९८ हजार आठ सय ८४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३६ हजार दुई सय ५४ र नेकपा (एकीकृत समाजवादी) १२ हजार दुई सय सात मत प्राप्त गरेका छन् ।
लुम्बिनी प्रदेशमा एमालेले तीन लाख २० हजार पाँच सय, कांग्रेसले दुई लाख ८५ हजार एक सय ५४, माओवादी केन्द्रले एक लाख १७ हजार तीन सय २०, राप्रपाले ७५ हजार चार सय २८ र नागरिक उन्मुक्ति पार्टीले ४४ हजार दुई सय ९० मत प्राप्त गरेका छन् ।
कर्णाली प्रदेशमा माओवादीले ६६ हजार ५०, एमालेले ६५ हजार पाँच सय दुई, कांग्रेसले ५१ हजार असी, नेकपा (एकीकृत समाजवादी) ले १५ हजार आठ सय ६८, राप्रपाले सात हजार नौ सय ५१ र नेपाल मजदुर किसान पार्टी तीन हजार सात सय २८ मत प्राप्त गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा एमालेले एक लाख १२ हजार छ सय ९३, कांग्रेसले एक लाख दुई हजार ४७, माओवादी केन्द्रले ५१ हजार चार सय ८०, राप्रपाले १२ हजार सात सय एक र नागरिक उन्मुक्ति पार्टीले ३० हजार सात सय ३८ मत प्राप्त गरेका छन् ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_NWQVQHpU1d_tevryzbekhhtpnvfpgtzkcxclzgpyoflyull0ugwditbfseqiya6ztaydpu9.jpg)
प्रतिक्रिया