मतदाता शिक्षा प्रभावकारी नहुँदा डोटीमा साढे ८ हजार मत बदर

डोटी- मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणामअनुसार ठूलो मात्रा मत बदर भएको पाइएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधिसभातर्फ ६३ हजार ५५२ मत खसेको थियो । जसमध्ये ८ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ ।
एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा रहेको डोटीमा प्रतिनिधिसभातर्फको ४ हजार ९६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयले जानकारी दिए ।
उनका अनुसार प्रदेशसभा १ तर्फ ३३ हजार ३२२ मत खसेकोमध्ये एक हजार ९१९ मत बदर भएको छ । प्रदेशसभा २ मा ३० हजार २३४ मत खसेकोमध्ये एक हजार ७ सय ३२ मत बदर भएको छ ।
डोली जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आले विजयी हुनुभएको छ । साथै, प्रदेशसभा १ मा नेकपा (एमाले)का चक्र मल्ल प्रदेशसभा २ मा नेकपा (माओवादी केन्द्र)का शिवसिंह ओली विजयी भएका छन् ।
निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा बदर मतको सङ्ख्या बढेको उम्मेदवारहरूको गुनासो छ । प्रतिनिधिसभा र प्रदेशसभाको अन्तिम मत परिणाम सार्वजनिक गरिए पनि समानुपातिकतर्फको मतको नतिजा सार्वजनिक भएको छैन । अहिले समानुपातिकतर्फको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत पाण्डेयले जानकारी दिए ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_ZlcPgMsNhp_vvcf5whwxhahx1paykrh4fgtv3zdcko2qjkzxbgw7e0n3xkcgvhqvzfyobti.jpg)
प्रतिक्रिया