भोजपुरले मलाई सदुपयोग गर्नेछ भन्ने ठानेको थिएँ, गलत सावित भएँ : पूर्वमुख्यमन्त्री राई

विराटनगर- भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राईले भोजपुरले आफूलाई सदुपयोग गर्ने विश्वास गरे पनि आफू गलत साबित भएको बताएका छन् ।
शुक्रबार सार्वजनिक मतगणनाको अन्तिम परिणाम अनुसार सत्ता गठबन्धनबाट माओवादी केन्द्रका सुदन किराँतीसँग २ हजार ३८५ मतान्तरले पराजित भएका राईले निर्वाचनको परिणामलाई भने स्वीकार गरेको बताएका हुन् ।
सानै उमेरदेखि आफ्नो सम्पूर्ण जीवन देश र जनताका लागि समर्पित रहेको बताउँदै राईले आफ्नो जन्म र कर्मभूमि रहेको भोजपुरको श्रीवृद्धि र विकासमा आफ्नो सम्पूर्ण ध्यान, ज्यान र समय खर्चिँदै आएको दाबी गरेका छन् ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका राईले आफूले एउटा पार्टीको कार्यकर्ता वा नेतामा सीमित नभइ काम गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । मन्त्री र मुख्यमन्त्री जस्तो गरिमामय ठाउँमा कुनै स्वार्थ र लाभका लागि नगएको बताएका छन् ।
‘मैले जे गरेँ इमान्दारीपूर्वक गरेँ, धेरै गर्न सकिनँ होला, छोटो समयमा त्यो सम्भव पनि थिएन, तर मैले जिल्लाको विकास र श्रीवृद्धिमा छोटो समयमा केही योगदान गरेको छु,’ उनले भनेका छन्, ‘यसपटक न्याय नपाए पनि भविष्यमा न्याय पाउने आशा लिएको छु, मलाई भोजपुरले साझा सम्पत्तिको रूपमा ग्रहण गरेर जिल्लाको विकास र समृद्धिमा भरपुर सदुपयोग गर्नेछ, त्यो कुरामा भोजपुर चुक्ने छैन भन्ने मैले ठानेको थिएँ तर म गलत साबित भएँ ।’
चुनावमा हुने हारजितलाई सामान्य र स्वाभाविक भएको बताएका छन् । मतदाता, समर्थक शुभेच्छुकलाई निर्वाचन परिणामले निराश नहुन पनि आग्रह गरेका छन् । पूर्वमुख्यमन्त्री राईले आफूविरुद्ध अनेकन भ्रम, कुप्रचार, चरित्र हत्या, पैसा वितरण, भोजभतेर, आग्रह पूर्वाग्रह, घात अन्तर्घात र तमाम षडयन्त्र भएको आरोप लगाएका छन् ।
निर्वाचनको परिणामलाई पार्टीभित्र निर्मम समीक्षा हुने पनि बताएका छन् ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_NWQVQHpU1d_tevryzbekhhtpnvfpgtzkcxclzgpyoflyull0ugwditbfseqiya6ztaydpu9.jpg)
प्रतिक्रिया