कर्णालीको शिरानमा लुकेको मुगुको सुन्दरता (फोटो फिचर)

काठमाडौँ : नेपालमा घुम्नै पर्ने जिल्ला मध्येमा पर्छ, मुगु । रारा तालका कारण चर्चित मुगु कर्णाली प्रदेशको हिमाली जिल्ला हो । जहाँ चिसोको समयमा हिउँ पर्छ । यस वर्ष त बैशाख महिनामा पनि हिउँ पर्यो ।
हिउँ पर्दा मात्रै होइन, मुगु सदाबहार सुन्दरताको पर्याय हो । समुन्द्र सतहदेखि झण्डै तीन हजार मीटर उचाईमा रहेको मुगु कर्णालीको कम जनसंख्या रहेको जिल्ला हो । भौगोलिक रूपमा पनि छिमेकी हुम्ला र डोल्पाभन्दा मुगु सानो छ ।
जिल्ला प्रशासन कार्यालय मुगुका अनुसार तीन हजार वर्ग किलोमीटरमा मुगु फैलिएको छ । मुगुका कतिपय ठाउँहरू समुन्द्र सतहदेखि एक हजार दुई सयदेखि ६ हजार ७ सय मीटर उचाईसम्मका छन् । २०६८ को जनगणना अनुसार ५५ हजार जनसंख्या रहेको मुगाली झण्डै ५० प्रतिशत साक्षर छन् ।
मुगुमा डोल्फु कर्णाली र मुगु कर्णाली दुई नदी चर्चित छन् । खत्याड, गमगाढ खोला रहेको मुगुमा राराताल सबैभन्दा बढी चर्चित ताल हो । रारातालका कारण कर्णालीमा सबैभन्दा धेरै घुमिने जिल्लामध्ये मुगु पर्छ । मुगुमा राराबाहेक अरु धेरै सुन्दर ठाउँहरू छन् । तर ती ठाउँहरू प्रचार-प्रसारका कारण ओझेलमा छन् ।
सबै फोटो :छेवाङ तोर्चे लामा

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया