बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु (नामसहित)

दार्चुला : बैतडीको पाटन नगरपालिका-८ खोडपेमा बस दुर्घटना भएको छ । गन्नादेखि महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बैतडीको खोडपे बजार नजिकै गएराती साढे १० बजे दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७ जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए । उनका अनुसार सानो घुम्तीबाट बस ५ सय मिटर जति तल खसेको छ । दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पाँच जनाको नाम मात्रै खुलेको छ । बैतडीको दोगडाकेदार-६ का प्रहरी जवान रणवहादुर चन्दको परिचय पत्रका आधारमा सनाखत भएको छ ।
त्यसैगरी नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल वडु र तारा गिरीको पनि दुर्घटनामा परी मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको छ भने मृतकको शव निकालिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पातल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । उक्त बसमा ५० जना भन्दा बढी सवार रहेको बताइएको छ ।

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

प्रतिक्रिया