सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

सवारी लाइसेन्सको अनलाइन आवेदन मंसिर ११ देखि खुल्ने

फाइल तस्वीर

काठमाडौं- आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली खुला हुने भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण मंसिर १ गतेदेखि बन्द रहेको अनलाइन आवेदन प्रणाली १० दिनपछि खुला गर्न लागिएको हो।

सरकारले यातायात व्यवस्था विभागका कर्मचारीहरु निर्वाचनमा परिचालन गरेपछि आवेदन प्रणाली केही समयका लागि बन्द गरिएको थियो।  निर्वाचनमा परिचालन भएका कर्मचारीहरु फर्किन थालेकाले आइतबारदेखि  पुरानै अवस्थामा आवेदन खुला हुने विभागले विज्ञप्तिमार्फत जनाएको छ।