सेन्साईको 'विश्वकप च्याम्पियन अफर' योजना सार्वजनिक

काठमाडौँ- जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गर्दै ‘विश्वकप च्याम्पियन अफर’ सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरुले सेन्साई टेलिभिजनको खरिद गर्दा ३० हजार १०० रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
साथै, एक भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके वेबओएस् टेलिभिजन पनि जित्न सक्नेछन्। ग्राहकहरूले बम्पर उपहारमा सहभागी हुन सेन्साई टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखी ३१००३ मा एसएमएस गर्नुपर्नेछ।
ग्राहकहरूले यो योजना मंसिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभरी लागू हुने कम्पनीले जनाएको छ।
नेपालभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ। सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको जनाएको छ।
कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौंभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, कीर्तिपुर, हात्तिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।
कम्पनीले सिजी डिजिटल शोरुमबाट फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो, एक्सचेन्ज अफर र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरिरहेको बताएको छ।
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_GWUXpTIAqd_zd2irzzedgproir41yoqtoumxlxuwf2crbm116fl9d2u7vsvt67sb9vohhoa.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

प्रतिक्रिया