शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

सोलुखुम्बुबाट प्रतिनिधिसभामा एमालेका मानविर राई निर्वाचित

विराटनगर - सोलुखुम्बुमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानविर राई निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतले पराजित गरेका हुन् ।

विजयी भएका राईले १९ हजार ३२४ मत प्राप्त गरेका छन् । केसीले १६ हजार ५४५ मत ल्याएको जनाइएको छ ।