चितवन–२ मा रवि लामिछाने विजयी, अहिलेसम्मकै धेरै मतान्तरले जिते

काठमाडौं– चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभामा विजयी भएका छन् । लामिछाने ४९ हजार २ सय ६१ मतसहित विजयी भएका हुन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल भने १४ हजार ६ सय ४९ मत ल्याएर तेस्रो भएका छन् ।
लामिछाने यसपालिको निर्वाचनमा सबैभन्दा धेरै मतान्तरले जित्ने उम्मेदवारसमेत बनेका छन् । यसअघि सर्वाधिक मतान्तरले जित्ने उम्मेदवार एमाले अध्यक्ष ओली थिए । उनले झापा–५ मा आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५ सय ७६ मतले जितेका थिए ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया