धनुषा–३ (१) मा कांग्रेसका रामसरोज यादव निर्वाचित

जनकपुरधाम- धनुषा निर्वाचन– ३ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका रामसरोज यादव निर्वाचित भएका छन् ।
उनले १७ हजार २९ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादीका उम्मेदवार जितेन्द्रकुमार यादवले १३ हजार चार सय ५९ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा निर्वाचन क्षेत्र नं ३ का सूचना अधिकारी अञ्चलेसकुमार ठाकुरले जानकारी दिए ।
यस क्षेत्रमा प्रतिनिधिसभामा भने एमाले उम्मेदवार जुलिकुमारी महतो अग्रस्थानमा छन् । उनले १८ हजार आठ सय ४८ मत प्राप्त गर्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिल झा १३ हजार आठ सय ६५ मतसहित पछ्याइरहेका छन् ।

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

प्रतिक्रिया