शनिबार १० जेठ, २०८२
Saturday, May 24, 2025

डेनमार्क र ट्युनिसियाबीचको खेल बराबरीमा सकियो

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत डेनमार्क र ट्युनिसियाले बराबरी खेलेका छन् ।

एजुकेसन सिटी स्टेडियममा भएको समूह ‘डी’ को खेलमा  डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका हुन् ।

दुवै टिमले पाएको अवसरलाई सदुपयोग गर्ने सकेनन् ।

डेनमार्कले सन् २०१८ को विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको  थियो ।