मकवानपुर-२ मा बर्तौलाको अग्रता कायमै, डिनाभन्दा कमल थापा २२९५ मतले पछाडि

मकवानपुर - प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा महेश बर्तौलाले आफ्नो अग्रता कायमै राखेका छन् । यसक्षेत्रको २० हजार ४३४ मत गणना हुँदा महेश बर्तौलाको अग्रता कायमै राखेका हुन् ।
सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडाले उनलाई पछ्याउँदै छन् । एमालेका बर्तौलाले ८ हजार १२१ मत प्राप्त गर्दा एकिृत समाजवादीका उम्मेदवार विरोध खतिवडाले ७ हजार ८६५ मत प्राप्त गरेका छन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले २ हजार ५ सय ५९ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा जम्मा मतदाता १ लाख ५० हजार ५७८ रहेकोमा ८६ हजार ६५२ अर्थात् ५८ प्रतिशत मत खसेको मतको थियो । यो क्षेत्रमा अब ६८ हजार ३६७ अर्थात् ७९ प्रतिशत मत गन्न बाँकी छ ।
यता, मकवानपुर १ मा डिनाको अग्रता कायमै छ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन् । यो क्षेत्रमा कूल १९ हजार १९४ गन्दा डिनाले ८ हजार १६० मतसहित अग्रता कायम राखेकी हुन् ।
डिनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पछ्याउँदै आएका छन् । थापाले डिनालाई ५ हजार ८६५ मतसहित पछ्याउँदै आएका छन् ।
यहाँ राप्रपाका दिपकबहादुर सिंहले ३ हजार १२७ मत पाएका छन् । यो क्षेत्रमा जम्मा मतदाता १ लाख ५० हजार १५५ रहेकोमा ९१ हजार ५८३ अर्थात् ६० प्रतिशत मत खसेको मतको थियो ।
यो क्षेत्रमा अब ७२ हजार ३८९ अर्थात् ८० प्रतिशत मत गन्न बाँकी छ । मतगणना सुरु गरिएको ३० घण्टा २० प्रतिशत मत गनिएको छ, यही रफ्तारमा मत गणना गर्ने हो भने अझै कम्तीमा ४ दिनमा मात्रै अन्तिम नतिजा आउने आँकलन गरिएको छ ।

जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न आवश्यक छ : प्रचण्ड

कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : नेता सिटौला

नेतृत्व नसच्चिए देश दुर्घटना नजिक : गोपीबहादुर सार्की

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्नः ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारम…

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

सकियो नेपाल फिनटेक फेस्टिवलः नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र …
यी हुन् सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक

प्रतिक्रिया