साउदी अरेबियाले पहिलोपटक अर्जेन्टिनालाई हरायो

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत साउदी अरेबियाले अर्जेन्टिनालाई स्तब्ध तुल्याएको छ । समूह ‘सी’ अन्तर्गत लुसेल स्टेडियममा भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २-१ गोल अन्तरले स्तब्ध तुल्याएको हो ।
साउदी अरेबियालाई जित दिलाउन सालेह अलसेहरी तथा सालेम अलडावसारीले एक-एक गोल गरे । अर्जेन्टिनाका लागि एकमात्र गोल कप्तान लियोनल मेस्सीले गरे ।
मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।
तर साउदी अरेबियाका सालेह अलसेहरीले ४८ औँ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याए । सालेम अलडावसारीले ५३ औँ मिनेटमा गरेको गोलसँगै साउदीले अर्जेन्टिनामाथि पहिलो जित हात पार्यो ।
यसअघिका चार खेलमा अर्जेन्टिनाले दुई खेल जित्दा २ खेल बराबरीमा टुंगिएको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया