ताप्लेजुङ : १०९ मत गणना हुँदा योगेश भट्टराईलाई ६८ मत

विराटनगर- मंगलबार अपरान्ह साढे ३ बजेदेखि सुरु भएको ताप्लेजुङको मतगणनाको पहिलो रुझानमा नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार योगेश भट्टराईले ६८ मत पाएका छन् ।
१०९ मतको गणना सकिँदा नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले ३३ मत प्राप्त गरेका हुन् । बुढाथोकी सत्ता गठबन्धनका उम्मेदवार हुन् । १०९ मत गणना हुँदा ४ मत बदर भएको जनाइएको छ । राप्रपाका रामबहादुर कार्कीले २ र जसपाका चन्द्र मादेनले १ मत प्राप्त गरेका छन् ।
ताप्लेजुङमा फक्तालुङ गाउँपालिका–७ स्थित याङमा र ओलाङचुङगोला मतदान केन्द्रको मतगणना सकिएको जनाइएको छ । याङ्मामा १२ र ओलाङचुङगोलामा ९७ मत खसेको थियो ।
ताप्लेजुङमा कुल मतदाताको ५५ प्रतिशत अर्थात ४८ हजार ३५५ मत खसेको निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिएका छन् । जिल्लामा ८८ हजार २८५ मतदाता थिए ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया