पराजय बेहोरे पनि देश र जनताको हितमा सदा समर्पित रहन्छु : राजन भट्टराई

काठमाडौं- काठमाडौं–४ मा एमालेका उम्मेदवार रहेका राजन भट्टराईले निर्वाचनमा लोकतन्त्रमा निर्वाचन नियमित प्रक्रिया भएको र एक पटकको जय–पराजय सधैँभरिको जय–पराजय हुन नसक्ने बताएका छन् । उनले संसदीय निर्वाचनको तत्कालको जय–पराजयले व्यक्ति र पार्टीको तत्कालको अंकगणितमा फरक परे पनि राजनीतिको अथक, लामो र निरन्तरको यात्रामा यस्ता कुराले तात्विक प्रभाव नपार्ने बताएका छन् । यही मान्यताका साथ आफू राजनीतिमा सक्रिय रहने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत जारी मन्तव्यमा उनले भनेका छन्, 'मेरो राजनीतिक सक्रियता आगामी दिनमा पनि यथावत् रहने छ । म पूर्ववत् मतदातासँगको साक्षात्कारमा रहिरहने छु । देश र जनताको हितमा मेरो जीवन सदा समर्पित रहने दृढता पुनः व्यक्त गर्न चाहन्छु ।'
उनले काठमाडौँ क्षेत्र नम्बर ४ मा एमाले विजयी हुन नसके पनि देशका अन्य कतिपय ठाउँमा विजय हासिल गरिरहेको बताएका छन् । यस्तै, समानुपातिक मतमा एमाले यसपटक पनि सर्वाधिक अग्रस्थानमा रहने दाबी गरेका छन् । उनले भनेका छन्, ‘विभिन्न शक्ति केन्द्रको एमालेविरोधी गठबन्धनको अवस्थामा पनि हाम्रो पार्टीलाई नेपाली जनताले भरपर्दो साथसहयोग दिएको यथार्थ हाम्रासामु छर्लङ्गै छ । यसस्थितिमा पार्टीका आमकार्यकर्तालाई धैर्य, निष्ठा र भरोसाका साथ सक्रिय रहनसमेत हार्दिक आग्रह गर्दछु ।’
उनले काठमाडौं–४ बाट विजय कांग्रेसका गगन थापालाई बधाई दिएका छन् । यस्तै, मतदाता, निर्वाचन परिचालन कमिटीका सदस्य सबैलाई धन्यवाद दिएका छन् ।

स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न सक्दैनः स्वास्थ्यमन्त्री पौडेल

सरकारको १५५ बुँदाको नीति तथा कार्यक्रम दिशाहीनः परियार

यस्तो छ नीति तथा कार्यक्रममाथि सांसदहरूलाई प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठसह…

यी हुन् ओलीले सरकारले समेटेका नीति तथा कार्यक्रमका नयाँ कुरा (सूचीसहित)

कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

पुर्ववती सरकारले ल्याएको राम्रा कार्यक्रमलाई निरन्तरता दिएका छौंः प्रधानमन्त्री ओ…

सरकारको नीति तथा कार्यक्रममाथि प्रभु साहको टीप्पणीः डाइबिटिजका बिरामीलाई मिठ…

प्रतिक्रिया