रसुवामा फेरि देखिन थाले कोभिड-१९ संक्रमित

काठमाडौँ : लामो समयदेखि शून्यतामा झरेको कोभिड–१९ सङ्क्रमण पुनः देखिन थालेपछि रसुवामा थप सजकता अपनाइएको छ । उत्तरगया गाउँपालिका–५ पहिरेबेसीँ गाउँक्षेत्रमा बसोवास गर्ने ६०, ३३ एवम् ३२ वर्षका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा पूर्वसावधानी अपनाउन र स्वास्थ्यकर्मीले परामर्श सेवा दिन समेत थालिएको हो ।
घर नजिकको निर्माणाधिन एक जलविद्युत् आयोजनामा काम गर्न जानुपूर्व तीन जना मजदूरले त्रिशूली अस्पताल नुवाकोटमा स्वाव परीक्षण गराउँदा पोजेटिभ आएपछि उनीहरूलाई होम आइसोलेशनमा राखिएको जनस्वास्थ्य अधिकृत मनिषा देवकोटाले जानकारी दिए । सो आयोजनाले कामदार लिनुपूर्व पीसीआर परीक्षण रिपोर्ट माग्ने गरेको छ ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया