'ब्रेक फेल' भएर ५० मिटर तल खस्यो जिप, एकको मृत्यु १६ जना घाइते

कावासोती : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको बुलिङटारमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । शुक्रबार भएको दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक दिलीपकुमारी गिरीका अनुसार नवलपुरको दलदलेबाट पाल्पाको रामपुर जाँदै गरेको लु १ ज ३७१० नम्बरको जीप बुलिङटार गाउँपालिका–६, अत्रौलीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी पाल्पा रामपुर–४ बस्ने २३ वर्षीय अजय विकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए । घाइतेमध्ये पाँच जनाको नारायणी सामुदायिक अस्पताल भरतपुर र ११ जनाको डेढगाउँस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये भरतपुरमा उपचाररत बौदिकाली गाउँपालिका घर भएका मोहन लामिछाने र खिमबहादुर मास्कीको अवस्था गम्भीर रहेको उनले बताए ।
जिपमा १७ जना सवार थिए । जीपका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक गिरीले जनाए । जिपको ब्रेक फेल भएपछि सडकदेखि ५० मिटर तल खसेको हो । रासस

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_V9UglwJnQp_41fkmlxe4qkiciwqnb874ngxqiaqdcd4dfxpltzush78madf6auavgml5r0f.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_es58pidnDe_hd9mi1dflhq3xo2t91pnrqqxdcebtftvgktdmx5jj0l8p9sf2vl2cnispv7s.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

प्रतिक्रिया